
बाँके । बाँकेको क्षेत्र नम्वर ३ मा एमाले–माओवादी केन्द्रलगायतबाट पार्टी परित्याग गर्दै करिव डेढ सय कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नम्वर ३ को घरदैलो तथा चुनावी अभियानका क्रममा खजुरा गाउँपालिका–२ गौघाटस्थित योगिनी मन्दिर नजिकै आयोजित कोणसभामा पार्टी सभापति किरण कोइरालाले उनीहरुलाई काँग्रेसमा प्रवेश गराएकी हुन् ।
चुनावी सभालाई सम्वोधन गर्दै पार्टीसभापति किरण कोइरालाले बाम गठबन्धनका नाममा मुलुकलाई ध्वस्त पार्ने षडयन्त्रका विरुद्ध सम्पूर्ण जनता जाग्न जरुरी रहेको वताइन् । ‘काँग्रेस राणासँग पनि झुकेन, राजालाई पनि नागार्जुन पु¥यायो कोइरालाले भनिन्, ‘मुलुकलाई ध्वस्त पार्न गरिएको बाम गठबन्धनसँग पनि काँग्रेस न भुक्छ न डराउँछ ।’
प्रजातन्त्र र लोकतन्त्र रहेमात्र नेपाल र नेपाली रहने भन्दै पार्टी सभापति कोइरालाले अहिलेको चुनाव प्रजातन्त्र र लोकतन्त्र जोगाउने र ध्वस्त पार्नेबीचको लडाइ भएकाले मतदाताहरुलाई सचेत भएर मतदान गर्न आव्हान गरेकी छिन् । नेपालमा कम्युनिष्ट अधियानकवाद ल्याउन लागिएको भन्दै त्यसलाई रोक्न लोकतान्त्रिक शक्ति एक ढिक्का भएको उनले बताइन् ।
पार्टीका पूर्वसभापति कृष्णमान श्रेष्ठले काँग्रेस नेतृत्वमै संबिधान जारी भएको स्मरण गर्दै प्रजातन्त्र र लोकतन्त्रको सवलिकरण गर्दै मुलुकको सम्बृद्धि र विकासमा काँग्रेसको ध्यान केन्द्रीत हुने वताए । ‘मुलुकमा जति विकास भएको छ, त्यो काँग्रेसकै नेतृत्वमा भएको हो, उनेले भने, ‘कम्युनिष्टहरुले ध्वस्त पार्ने बाहेक अरु केही काम गरेनन्, एकपटक १० बर्षिय सशस्त्र द्वन्द्व सम्झिनुहोस् ।’
काँग्रेस निकट दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण विक रसाइलीले कम्युनिष्टहरुको ध्रविकरणविरुद्ध लोकतन्त्र मान्ने शक्तिहरु एक हुन नसके मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिए । मुलुकलाई दुर्घटनाको जोखिमबाट पार लगाउन काँग्रेस बाहेक अर्को विकल्प हुनै नसक्ने उनको भनाइ थियो ।
क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मीले स्थानीय विकास निर्माणका लागि आफुले प्रभावकारी भूमिका निर्वाह गर्नका लागि उम्मेदवार बनेको वताए । यसअघि दुई पटक सभाषद भएर संबिधान निर्माणमा भूमिका निभाएको स्मरण गराउँदै उनले अव आप्mनो ध्यान स्थानीय विकास निर्माण हुने वताए ।
प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले जनताको आधारभूत समस्या समाधानका लागि आप्mनो उम्मेदवारी भएको भन्दै आफु जनताकैबीचमा रहेर जनताकै लागि काम गर्ने प्रतिबद्धता जनाए ।



।