
बाँके । बाँके क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेद्वारहरुले सभा, भेटघाट, घरदैलो लगायतका कार्यक्रमहरुलाई तीव्र बनाएका छन् । सोमबार नेपालगन्ज वडा नं. ८ मा घरदैलो गरेका उनीहरुले त्रिभूवनचौक, त्रिवेणीमोड र सेतुविक चौकमा कोणसभा गरेका छन् । घरदैलोमा बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्ता, समानुपातिक उम्मेद्वारहरु रुवी खान पठान, पार्वती पुन, तलत प्रविण अन्सारी र कलामुन अन्सारीले मतदाताहरुसँग मत मागेका छन् ।
घरदैलोमा वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्साल, सचिव दत्तप्रसाद आचार्य, भाष्कर काफ्ले, अक्कल बहादुर बम, गोपाल पुन लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पशुपतिदयाल मिश्र
https://youtu.be/2MSGt2FiznE
विजयकुमार गुप्ता
https://youtu.be/tjGS_yKBbpk
पार्वती पुन
https://youtu.be/Kv81EP12B1U



।