सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती, श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटोफिचर)


काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन भएको थियो । घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा पार्टीका पोलिटव्यूरो सदस्य प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली दिन विभिन्न दलका नेताहरु माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा पुगेका छन् । उनलाई माओवादी केन्द्रका नेता, एमाले, कांग्रेस, क्रान्तिकारी (माओवादी) लगायतका नेताहरुले श्रद्धान्जली दिएका छन् । प्रकाश दाहाललाई श्रद्धान्जली दिन जाने नेता तथा कार्यकर्ताहरुले उनको निधनप्रति द्ख व्यक्त गरेका छन् ।
तस्वीरहरु : रासस

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतवार ११:४२