बाँके । बाँके क्षेत्र नम्वर तीन लोकतान्त्रिक गठबन्धनमय बन्दै गएको छ । क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा क का चन्तराम थारु र ख का लक्ष्मीनारायण शाह चुनावी मैदानमा रहनुभएको छ । स्थानीय विकास निर्माण र सम्बृद्धिको नाराका साथ घरदैलो, चुनावीसभामा व्यस्त लोकतान्त्रिक गठबन्धनप्रति मतदाताहरुको भरोसा बढ्दै गएको हो । लोकतान्त्रिक गठबन्धनले आज साइगाउँमा बृहत घरदैलो अभियान गरेको छ ।
त्यसक्रममा त्यहाँका स्थानीयबासीहरुले दोन्द्रा नालामा पुलको माग गरेका थिए । ऋषिराज काँदुले बर्षौदेखि स्थानीयबासीले दोन्द्र नालाको मार खेप्दै आएको भन्दै पुल निर्माणको पहल गरिदिन आग्रह गर्नुभयो । ७४ बर्षिय काँदुले भने, ‘स्थानीय विकास निर्माण गर्छौं, परिवर्तन गर्छौ भनेर धेरै उम्मेदवारलाई विजयी बनायौं तर परिवर्तन भएन अव लोकतान्त्रिक गठबन्धनकै भरोसा लागेको छ ।’ उक्त क्षेत्रमा सडक निर्माणमा बादशाह कुर्मीले ठूलो भूमिका निर्वाह गरेको भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेक थिए । अर्का दुलारे काँदुले भने, ‘बादशाह कुर्मी सभाषद हुँदा हाम्रो गाउँमा ठूलो विकास निर्माण भएको महसुस भएको छ फेरी पनि उहाँलाई जिताएर बाँकी विकास निर्माण हुने विश्वास लागेको छ ।’
उक्त घरदैलो अभियानमा काँग्रेस क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति नख्खि खाँ, दलित सेवा संघका केन्द्रीय उपाध्यक्ष कृष्ण विक रसाइली लगायतका नेताहरुको समेत सहभागीता रहेको थियो । यो चुनाव प्रजातन्त्र जोगाउने र मास्नेबीचको लडाइ भएकाले मतदाताहरुले त्यसै अनुसार मतदान गर्न विकले आव्हान गरे । क्षेत्र नम्वर ३ ख का उम्मेदवार शाहले आफु विकासप्रेमी नेता भएकाले विकास गर्नकै लागि प्रदेशसभाको सदस्य बन्न चुनावी मैदानमा होम्मिएको वताए । उनले भने, ‘मेरो उम्मेदवारी तानाशाह र व्यक्तिगत स्वार्थका लागि होइन्, विकसित र सब्य समाज निर्माणका लागि हो ।’
।