सूचनाको शक्ति - The Power Of Information

        

स्थायी सरकार र विकासका लागि वाम गठबन्धनलाई भोट (फोटोफिचरसहित)


बाँके । वामगठबन्धनका बाँके क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुले स्थायी सरकार र विकासका लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । जिल्ला निर्वाचन परिचालन कमिटीले सार्वजनिक गरेको तालिका अनुसार शनिबार नेपालगञ्जको ६ र १८ नम्बर वडाको घरदैलोमा पुगेका उम्मेदवारहरुले यस्तो आग्रह गरेका हुन् । ‘अब बामपन्थीहरुको गठबन्धनको सरकार बन्छ, त्यो स्थायी सरकारले विकास र निर्माणको कामलाई प्राथमिकता दिन्छ, प्रतिनिधि सभाका उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेश ‘क’ का कामता खटिक र ‘ख’ का विजयकुमार गुप्ताले भने, सरकार बनाउनेलाई मत दिनुस् ।’
प्रदेशसभा ‘ख’ मा पर्ने वडा नं. ६ मा पुगेका प्रतिनिधि सभाका मिश्र र यही प्रदेशका उम्मेदवार गुप्ताले बामपन्थी सरकारले बृद्धाभत्ता पाँच हजार पु¥याउने प्रतिबद्धता गरे । ‘तपाईहरुले मासिक दुई हजार पाउनु भएको छ, हाम्रो सरकारले त्यसलाई बढाएर पाँच हजार पु¥याउँछ, घरदैलोमा भेटिएका बृद्धबृद्धालाई गुप्ताले भने, ‘तपाईहरुले हामीलाई जिताउन सहयोग गर्नुस् ।’ वडा नं. ६ को घरदैलोमा वडाध्यक्ष समीरजंग शाह र निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्सालले नेतृत्व गरेका थिए ।
घरदैलोमा समानुपातिक तर्फका उम्मेदवारहरु पार्वती पुन, तलत प्रविण अन्सारी, कलामून अन्सारीलगायत नेता तथा कार्यकर्ताहरु हिँडेका थिए । शनिबार नै क्षेत्र नं. २ ‘क’ मा पर्ने वडा नं. १८, कारकादोमा घरदैलो गरिएको छ । प्रतिनिधि सभा उम्मेदवार मिश्र र प्रदेश नं. २ ‘क’ का उम्मेदवार कामता खटिकले मतदाताको घरघरमा पुगेर मत मागेका छन् । घरदैलोमा निर्वाचन परिचालन कमिटि, क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ, राजेन्द्र कँडेल लगायत सहभागी रहेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ०७:५८