सूचनाको शक्ति - The Power Of Information

        

नयाँ मतदाता परिचयपत्र मतदान केन्द्रबाटै बाँडिने


काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नयाँ मतदाताका लागि मतदान केन्द्रबाटै परिचयपत्र वितरण गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा फोटोसहितको मतदाता परिचय पत्र बुझ्न बाँकी रहेका र नयाँ मतदातालाई परिचय पत्र वितरणको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेभित्र १८ बर्ष उमेर पुगेका, नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको सम्बन्धित मतदान केन्द्रबाट मंसिर ८ र ९ गते परिचयपत्र प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रबाट मतदान गर्न पाउने आयोगका सहसचिव समेत रहेका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ०६:२९