- निजीवन बाँकेको अध्यक्षमा सापकोटा, चौधरीलाई तोकियो प्रवक्ता
बाँके । पारिवारिक निजीबन संघ नेपालको प्रथम अधिवेशन आज बाँकेको गाभरमा सम्पन्न भएको छ । पारिवारिक निजीवन संघ नेपालको प्रथम अधिवेशनमा पुनः होमनाथ सापकोटा अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
संघको उपाध्यक्षमा यमबहादुर खड्का, सचिवमा किरण ढकाल, प्रवक्तामा कृष्ण बहादुर चौधरी, कोषाध्यक्ष नारायणी ओली सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा मनमोहन बर्मा, सुनिल घिमिरे, दुर्गाबहादुर रोकाय, मकवुल अहमद कुमेरी, करुणा चौधरी, कृष्णा रोकाय, धन बुढा, सुरेश शाही, रणबहादुर कुवर लगायत १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
प्रथम अधिवेशनलाई पारिवारिक निजी वन संघ नेपालका केन्द्रिय अध्यक्ष जोगराज गिरीले उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले किसानले मेहनत गरेर लगाएको विरुवा स्वस्फुर्त रुपमा विक्री वितरण गर्न पाउनुपर्ने बताए । राज्यकै कारण किसान चिन्तित भएको उनले बताए । किसानले अरु कृषि खेति गरेसरह विरुवा पनि सहजरुपमा विक्री वितरण गर्न पाउनुपर्ने भन्दै त्यसका लागि राज्यले ठोस नीति बताउनुपर्ने बताए ।
निजी बन गरेका किसानलाई राज्यको हेर्ने दृष्टिकोण नै फरक रहेको निजीवन व्यवसायीहरुले बताएका छन् । पारिवारिक निजीवन संघ नेपाल बाँकेका अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सचिवालय सदस्य मेघराज भुषाल, पूर्व सांसद खड्कबहादुर बुढा, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादु रुचाल, पदमराज वली लगायत विभिन्न वन व्यवसायीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव किरण ढकालले गरेका थिए ।
पारिवारिक निजीवन संघ नेपालका केन्द्रिय अध्यक्ष जोगराज गिरीद्वारा प्रस्तुत मन्तव्य
https://youtu.be/0CprnMxun0k
।