बाँके । आगामी बर्ष नेपालगन्जमा आयोजना हुने लक्ष्य राखिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करोडौंका भौतिक पूर्वाधारहरु निर्माणलाई तिव्रता दिइएको छ । खेलकुदको महाकुम्भ मानिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको आठांै संस्करण नेपालगन्जलाई केन्द्रबिन्दु पारेर मिसन नेपालगन्ज २०७५ घोषणास“गै भौतिक पूर्वाधारहरु निर्माणलाई तिव्रता दिइएको हो । ‘नेपालगन्ज, कोहलपुर, दाङ्ग, सुर्खेत र बर्दियाको गुलरियामा भौतिक पूर्वाधारहरु निर्माण कार्यमा तिव्रता दिइएको छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने, ‘खेलकुदका पूर्वाधारहरुमा ठूलो लगानी भैरहेको छ ।’
नेपालगन्जमा अत्याधुनिक कबर्ड हल, स्तरीय ट्रयाक एण्ड फिल्ड निर्माण सुरु भएको छ । ‘यो सबै राष्ट्रिय खेलकुद प्रतियोगिताका इभेन्टहरु आयोजनालाई लक्षित गरेर भैरहेको हो’, १२० मिटर लम्बाई र ८० मिटर चौडाई नेपालगन्ज रंगशालाको ट्रयाक एण्ड फिल्ड ०.५ मिटर अग्लो बनाउन लागिएको जानकारी दिंदै अध्यक्ष ओलीले भने । नेपालकै दोस्रो ठूलो पौडी पोखरी निर्माण कार्य अन्तिममा पुगेको छ । ‘राखेपको लगानीमा काठमाडांै बाहिर सबैभन्दा ठूलो पौडी पोखरी नेपालगन्जमा पहिलो हो’, अध्यक्ष ओलीले १८ करोड लागतमा पौडी पोखरी निर्माण कार्य तिव्र रुपमा अगाडी बढाइएको जानकारी दिंदै भने ।
बहुबर्षिय योजना अनुसार पौडी पोखरीलाई २०७५ मा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका क्रममा प्रयोग गर्न सकिने गरी तयारीलाई तिव्रता दिइएको अध्यक्ष ओलीले जानकारी दिए । ‘कुनै पनि पूर्वाधार निर्माण कार्यमा बजेटको अभाव हुन दिइएको छैन’, उनले भने । गतबर्ष पुसमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनका क्रममा आठौं प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा गर्ने घोषणा गरिएको थियो । झण्डै पौने करोडको लागतमा नेपालगन्जमै भारोत्तोलन एकेडेमी निर्माण भैरहेको छ । ‘३५ लाख खर्च भैसक्यो’, निर्माण समितिका सचिव टिएस ठकुरीले दैनिक नेपालगन्जस“ग भने, ‘निर्माण कार्य निरन्तर चलिरहेको छ ।’ भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डनको अध्यक्षतामा निर्माण समिति सक्रिय छ । ‘८७ लाख अनुमानित बजेटमा अपुग रकम दिने प्रतिबद्धता राखेपले जनाइसकेको छ’, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले भने ।
उनका अनुसार, मिसन नेपालगन्ज २०७५ को समग्र आयोजनाका लागि सरकारले एक अर्ब ५ करोड बजेट छुट्याएको छ । ‘त्यसभित्र भौतिक पूर्वाधार निर्माणका लागि पनि बजेट राखिएको छ’, ओलीले भने । नेपालगन्जमा गतबर्ष राखेपका सदस्य सचिव केशवकुमार विष्ट आफैले जुडो एकेडेमीको निर्माण कार्य शिलान्यास गरेका थिए । ‘यो बर्ष २० लाख रुपैया“ बजेट प्राप्त भैसकेको छ’, अध्यक्ष ओलीले जुडो एकेडेमी निर्माण कार्य सुरु हुन लागेको जानकारी दिंदै भने । कोहलपुरमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार भएको छ । ‘डिपिआर अनुसार, मैदान संरक्षणका लागि पर्खाल लगाइने भएको छ’, ४.१२ बिगाह मैदान अतिक्रमण रोक्न पहिलो चरणमा पर्खाल लगाइने जानकारी दिंदै अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीका अनुसार, सुर्खेतमा रंगशाला निर्माणका लागि डिपिआर तयार गरिंदैछ । त्यसका लागि बजेटको अख्तियारी समेत आइसकेको छ । रंगशालाका लागि एक करोड रुपैया“ बजेट छुट्याइएको छ । बर्दियाको गुलरियामा सुविधा सम्पन्न कबर्ड हल सहित रंगशाला बनाइदैछ । त्यसका लागि ४० लाख प्रारम्भिक बजेट छुट्याइएको अध्यक्ष ओलीले जानकारी दिए । ‘डिपिआर बन्दैछ, त्यस लगत्तै काम सुरु हुन्छ’, उनले भने । त्यस्तै दाङ्गको बेलझुण्डीमा ठूलो लगानीमा प्रादेशिक स्तरको रंगशाला बनाइने भएको छ । ‘प्राविधिक टोलीले डिपिआर बनाइरहेको छ’, अध्यक्ष ओलीले ३० हजार दर्शक क्षमताको प्रादेशिक रंगशालाका लागि सरकारले केन्द्रबाटै काम गरिरहेको जानकारी दिए ।
‘मिसन नेपालगन्ज २०७५ लाई लक्षित गरेर कुन ठाउ“मा कस्ता प्रतियोगिता सञ्चालनलाई भौतिक पूर्वाधारको खाचो छ भन्ने अध्ययन पनि भैरहेको छ’, ओलीले मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिबाट निर्देशक जयन्त शर्माको नेतृत्वमा प्राविधिक टोली विभिन्न जिल्ला पुगिरहेको जानकारी दिंदै भने । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा विभिन्न खेल आयोजना भएकोमा आठौंमा ४१ खेल सहभागीको लक्ष्य राखिएको छ । झण्डै ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । ‘त्यसका लागि खेलाडीहरु नियमित प्रशिक्षणमा पनि जुटिसकेका छन्’, अध्यक्ष ओलीले उपाधी पनि आफ्नो लक्ष्य भएको बताए । नेपालगन्ज न्यूज
।