हुम्ला । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि हुम्लामा कायम गरिएका ५२ वटै मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । जिल्लाको नाम्खा गाउँपालिका हिमपातबाट संवेदनशील छ भने अन्य सुरक्षाका हिसाबले अतिसंवेदनशील मानिएको छ । स्थानीय तहको निर्वाचनबाट सिकाइ र केही हिमाली क्षेत्रहरुमा हिमपातबाट अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
भौगोलिक रुपमा सम्रग हुम्ला जिल्ला नै अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिएका छन् । निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न बनाउनका लागि स्थानीय प्रशासन र निर्वाचन कार्यालयले तयारी गरेका छन् । सफल रुपमा चुनाव सम्पन्न गर्नका लागि प्रशासन कार्यालय लागि परेको भन्दै प्रमुख जिल्ला अधिकारी बास्कोटाले सूचना सम्प्रेषमा सञ्चारकर्मी पनि जिम्मेवार हुनुपर्ने बताए ।
यस्तै जिल्ला निर्वाचन अधिकारी प्रदिपसिंह धामीले निर्वाचन केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताहरुले जिम्मेवारी पूर्वक काम नगरे उनीहरुले पाउने सेवा सुविधा कटौती गरिने योजना बनाउको बताए । उनले निर्वाचन सफल बनाउन सबैले आआफ्नो ठाउँबाट जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे ।
।