सूचनाको शक्ति - The Power Of Information

        

रुख रोप्दै पौरखी (फोटोफिचर र भिडियोसहित)


हेमन्तराज काफ्ले/बाँके । नेपालगन्जलाई हरियो शहर बनाउन विभिन्न संघसंस्थाहरु क्रियाशिल भइरहेका छन् । जमुनाहा–कोहलपुर फोरलेन सडक निर्माणका क्रममा रुखहरु हटाइएपछि उजाडजस्तै बनेको नेपालगन्जलाई हरियो शहर बनाउन विभिन्न संघसंस्थाहरु क्रियाशिल भइरहेका छन् । यसैक्रममा नेपालगन्जस्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्थाले नेपालगन्जको कारकाँदो–भुजईगाउँ सडकखण्डमा समी, करबीर, सिंगापुर बकम्बेली लगायत विभिन्न जातका विरुवाहरु रोपेको छ ।
वृक्षारोपण कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले सहकारीले राज्यले तय गरेको तीनखम्बे अर्थनीतिलाई अझ मजबुत बनाउन सधैँ क्रियाशिल रहेको बताए । उनले भने, ‘राज्य, सहकारी र नीजि क्षेत्रलाई सहभागी गराउँदै नेपालगन्जलाई हरित शहरका रुपमा विकास गर्न हाम्रो पनि भूमिका रहेको महसुस गरेका छौँ । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष विनोदकुमार शाह, जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्ले, महासचिव काशीराम शर्मा लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोला

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ०४:०१