
रिना खनाल/काठमाडौं । मेरो माइक्रोफाइनान्सको चुक्ता पुँजी २० करोड रुपैयाँ पुगेको छ । बोनस वितरणपछि चुक्ता पुँजी थप वृद्धि हुने फाइनान्सले जनाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकमा फाइनान्सले ९ करोड २८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा (वार्षिक) रहेको मेरोको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १४ पैसा छ ।
मेरा माइक्रोफाइनान्सले हाल ४५ जिल्लाका ग्रामीण तथा सहरोन्मुख इलाकामा बसोबास गर्ने बिपन्न समुदायमा ७० शाखाहरुमार्फत बित्तीय साक्षरतासहित लघुबित्त सेवा प्रदान गर्दै आएको फाइनान्सले जनाएको छ । यसैबीच मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमिटेडका अध्यक्ष सञ्जिब मानन्धरले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख नारायणप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७४ मा एउटा बैंक तथा वित्तीय संस्थाको कर्मचारी समान उद्देश्यको संस्थामा संचालक बस्न नपाउने व्यवस्थासहित संशोधन भएर कार्यान्वयनमा आएपछि पहिलेका अध्यक्ष राजन सिंङ भण्डारीले पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त भएको थियोे ।
सो ऐनमा व्यवस्था बमोजिम सम्पन्न भएको सपथ ग्रहणको अवसरमा बैंक तथा वित्तीय संस्था नियमन विभागका अन्य पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रामहरि दाहालको पनि उपस्थिति रहेको थियो । कम्पनीको हालै सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक तर्फबाट सञ्चालकमा निर्वाचित भएकालाई कात्तिक ८ गते बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मानन्धरलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको थियो ।
।