काठमाडौं । सुदुरपश्चिमका चार जिल्लामा रेस्ट्लेस् डिवलपमेन्टंले गरेको एक सर्भेले पाँच प्रतिशत महिला छाउपडी गोठमै बस्ने गरेको देखाएको छ । रेस्ट्लेस्ले २०१६ को सेक्टेम्बरमा गरेको सर्भेमा कैलाली, कञ्चनपुर, डेडल्धुरा र डोटीमा रहेका ५.१ प्रतिशत महिला तथा किशोरीहरु महिनावारी भएको बेलामा पाँच दिन छाउगोठमै बस्ने गरेको तथ्य निकालेको हो ।
रेस्ट्लेस् डिवलपमेन्टका कार्यक्रम संयोजक राजेन्द्र महर्जनका अनुसार पाँच सय घर धुरीमा गरेको सर्भेले ५.१ प्रतिशत महिला महिनावारी भएको समयमा छाउगोठमा बस्ने गरेको बताएका छन् । रेस्ट्लेस्ले चार जिल्लामा सन् २०१५ देखि २०१७ सम्म लागु हुने गरी ‘छाउपडी प्रथाको कार्यक्रम’ सुरु गरेको थियो । २०१५ को जुनमा रेस्ट्लेस् गरेको सर्भेमा १९.४ प्रतिशत महिलाहरु महिनावारी भएको समयमा छाउपडी गोठमा बस्ने गरेको कार्यक्रम संयोजक महर्जनले बताएका छन् ।
।