सूचनाको शक्ति - The Power Of Information

        

सञ्चालन तयारीमा चारतारे ‘होटल सेन्ट्रल प्लाजा’


बाँके । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको कोहलपुरमा चारतारे होटल सञ्चालनमा आउने भएको छ । कोहलपुरको महेन्द्रनगर रोडमा ४५ करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालन आउन लागेको हो । पश्चिम नेपालको प्रवेशद्वार बाँके जिल्लाको कोहलपुरमा कार्तिकको अन्तिम सातादेखि सुविधा सम्पन्न चारतारे होटल सञ्चालनमा ल्याउन लगभग अन्तिम तयारी सकिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ७७ रुम क्षमता छ । स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिममा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यसले सुविधा पुग्ने सञ्चालक देवानन्द अर्यालले बताए ।


पूर्णरुपमा पारिवारिकसहित सुविधा सम्पन्न होटल सञ्चालन गरिन गर्न लागिएको उनले बताए । होटलमा ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल छ । ३०, सय र एक हजार जनाको क्षमता रहेको तीन वटा सेमीनार हल पनि होटलमा छ । होटलमा स्पा, जिम, सपीङ कम्पलेक्स, बेकरी लगायतको सुविधा रहनेछ । भौतिक निमार्ण कार्य सबै पुरा भएको छ । अब होटलको फिनिसिङ कार्य तिव्र गतीमा भइरहेको छ । होटलमा तीनवटा भवनहरु छन् । सेन्टर प्लाजा होटलमा ५ वटा प्रेसिडेन्सीइल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम छन् । ३२ सय स्क्वायर फिटको स्विमिङ पुलमा आउटलेटसहितको बार रहेको सञ्चालक अर्यालले बताए ।
हाल कोहलपुरमै सेन्टर प्लाजा होटल पनि सञ्चालनमा छ । जसमा २३ वटा रुमहरु छन् । पाँच तले विल्डिङमा रहेको उक्त होटल पनि कोहलपुरको स्तरीय होटलमा पर्छ । रोजगारीका लागि दक्षिण कोरिया पुगेका अर्याल सन् २००८ मा कोहलपुर फर्किएर होटल व्यवसाय सुरु गरेका हुन् । कोहलपुरमा आउने सबै खालका पाहुनाहरुलाई उपयूक्त हुने खालका रुमहरु तयार गरिएको सञ्चालक अर्यालले बताए । होटलमा २० फिट माथिबाट वाटर फल गराएर खोलाको ‘र’मा पौडिएजस्तो महशुस गराउने संरचना तयार छ । वर्षमा ९ महिना गर्मी हुने कोहलपुरमा ३० प्रतिशत ग्राहक स्वीमिङ पुलको माध्यमबाट तान्ने लक्ष्य रहेको अर्यालको भनाइ छ ।


कोहलपुर मध्य तथा सूदुरपश्चिम क्षेत्रको ट्रान्जिट प्वाइन्ट हो । काठमाडौंबाट पश्चिम जिल्लामा जानेहरु एकदिन कोहलपुरमा बस्नैपर्ने बाध्यता हुन्छ । भारतको राजधानी दिल्लीबाट सडकको बाटो हुँदै काठमाडौं आउने पर्यटकहरु पनि कोहलपुरमा बास बस्न आउँछन् । दिल्लीबाट एक दिनको बाटो हिँडेर कोहलपुर आइन्छ, यहाँ एकरात बसेर अर्को दिन काठमाडौं आउन सकिन्छ । त्यसमाथि बाँके जिल्लामा पछिल्लो समय व्यवसायीक क्रियाकलाप पनि बढ्दै गइरहेका छन् । नजिकै रहेको मेडिकल कलेजका कारण पनि यहाँ मानिसको भिड लाग्ने गरेको बताउँछन् अर्याल । कोहलपुरबाट नेपालगञ्जसम्मको स्तरीय सडक बनाइसकिएको छ । मध्य तथा सुदूरपश्चिममा बाक्लिदै गइरहेका एनजिओ आइएनजीओ र विकासे आयोजनाका कारण पनि यस क्षेत्रमा खर्चालु ग्राहकहरु आउने गर्छन् । जसले गर्दा होटलका लगानीकर्ताको ध्यान बाँकेमा तानिएको देखिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ०४:४६