सूचनाको शक्ति - The Power Of Information

        

चीनले गुडायो ट्रयाक विनाकै स्मार्ट रेल

बेइजिङ । भविष्यको रेल प्रणाली निकै अनौठो हुनेवाला छ । ट्रयाक बिना नै रेल चल्नेछ । किनकी चीनले पहिलोपटक ट्रयाक बिनाको रेल गुडाइदिएको छ । चीनले विश्वकै पहिलो स्मार्ट ट्रेन बनाएको छ । यो रेल भर्चुअल रेल लाइनमा गुड्नेछ । उक्त भर्चुअल लाइन चीनको सडकमा बिछाइएको छ । चीनको झुजो प्रान्तको सडकमा यो प्रविधिको रेल पहिलोपटक गुडाइएको हो ।
यो रेलले एक पटकमा ३ सय यात्री बोक्न सक्दछ । यसको गति प्रतिघण्टा ७० किलोमिटर छ । रेलका ३ डिब्बा तयार भैसकेका छन् र त्यसलाई आपसमा मेट्रो जस्तै गरी जोडिएको छ । यो स्मार्ट ट्रेनभित्र रहेका यात्रीहरु एक डिब्बाबाट अर्को डिब्बामा जान सक्नेछन् । यो स्मार्ट रेल भविष्यको परिवहन हो । खासगरी सहरी क्षेत्रलाई लक्षित गरेर चीनले यो सिर्जना गरेको हो । यसलाई अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ ।
चाइना रेल निगमले यो रेल तयार गरेको छ । चाइना रेल निगम विश्वके ठूलो रेल कम्पनी हो । यो रेल हेर्दाखेरी लामो बसजस्तै लाग्नसक्छ । तर यो चल्ने तरिका निकै फरक छ । यो रेल चल्नका लागि कुनैप्नि भौतिक ट्रयाक चाहिँदैन । यो रेलका लागि सडकमा थोपायुक्त लाइनहरु खिचिएको हुन्छ, त्यसले नै स्मार्ट ट्रयाकको काम गर्दछ । यस्तो रेल प्रणालीको एक किलोमिटर निर्माणको खर्च १७ देखि २३ मिलियन युरो लाग्दछ । यो रेल चलाउनका लागि भर्चुअल ट्रयाकमा सडक मुनि सेन्सर जडान गरिएको हुन्छ । सोही सेन्सरको आधारमा भर्चुअल ट्रयाकबाट आवश्यक जानकारी प्राप्त गरेर रेल गुड्दछ । एजेन्सी

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहीबार ०७:५३