सूचनाको शक्ति - The Power Of Information

        

पल र आँचलको ‘जानी नजानी’

काठमाडौं । फिल्मवृत्तमा पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो, पल शाह र आँचल शर्मा । उनीहरुविच अफेयर रहेको हल्लासमेत व्यापक छ । तर उनीहरुले आफू ‘राम्रो साथी’ मात्र रहेको भनिरहेका छन् । आँचलले लगातार तीनटा फिल्ममा पलसँग काम गरेकी छिन् । यही जोडीले अभिनय गरेको ‘जानी नजानी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक राजेश लामाको स्वर रहेको गीतमा आँचलप्रति पलको प्रेमभाव देख्न सकिन्छ । विकास सुवेदीले भिडियो निर्देशन गरेको गीतमा किशोर घिमिरेका शब्द र सुरज शाही ठकुरीको संगीत छ । उदयराज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहीबार ०६:४२