सूचनाको शक्ति - The Power Of Information

        

बृद्धबृद्धालाई निशुल्क स्वास्थ्य उपचार

बाँके/बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँपालिकामा रहेका ७० बर्ष कटेका बृद्धबृद्धाहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्नका लागि शिविर सञ्चालन गर्ने भएको छ । मंगलबार राधापुर स्वास्थ्यचौकीबाट ८ दिने स्वास्ध्य शिविर गरिने सो गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिएका छन् ।
बृद्धबृद्धाहरुको स्वास्थ्यको हेरचाहका लागि गाउँसभाले बर्षको दुई पटक स्वास्थ्य शिविर आयोजना गर्ने प्रस्ताव पारित गरे अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । प्रत्येक वडाको पायक पर्ने स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा बृद्धबृद्धाहरुलाई शिविर नै सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरिनेछ । १५ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सुविधा दिनेछ । सो गाउँपालिकामा २३ सय बृद्धबृद्धा रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार ०९:४०