सूचनाको शक्ति - The Power Of Information

        

महाकाली करिडोरका आठ वटा निर्माण कम्पनीलाई एक करोड जरिवाना

महाकाली कोरिडोरको दार्चुला–तिंकर सडकखण्ड

महाकाली कोरिडोरको दार्चुला–तिंकर सडकखण्ड

सन्तोष कोट्टारी/दार्चुला । महाकाली करिडोर निर्माणको जिम्मा लिएका ८ वटा निर्माण कम्पनीलाई आयोजनाले कार्वाही गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो करिडोर अन्तरगर्तको दार्चुला–तिंकर सडकखण्डका ८ वटा कम्पनीहरुलाई कार्वाही गरी आयोजनाले एक करोड बढी रुपैयाँ जरिवाना गरेको छ । सुस्त गतिमा निर्माण भइरहेको तथा रकम खर्च गर्न नसक्ने आयोेजनाका रुपमा रहेको दार्चुला–तिंकर सडक निर्माण कम्पनीहरुलाई द्रुतगति प्रदान गर्न भन्दै आयोजनाले निर्माण कम्पनीहरुलाई तीन वर्षमा एक करोड १२ लाख भन्दा बढी जरिवाना गरिएको आयोजना प्रमुख मनिसकुमार शाहले बताए । ,
कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा जगदम्बारनरसिहरकालपानी जेभीलाई ७ लाख ५३ हजार ७ सय २९ रुपैयाँ १६ पैसा, जागृतीरमालिकार्जुनरशिखर जेभीलाई एक लाख ७५ हजार ८६८ रुपैयाँ ८६ पैसा र गोल्डेन गुडरनरसिहरकालापनी जेभीलाई २१ लाख ४५ हजार १३१ रुपैयाँ १७ पैसा गरी जम्मा ३० लाख ७४ हजार ७२९ रुपैयाँ १९ पैसा जरिवाना गरेको जनाएको छ । आर्थिक वर्ष ०७२/७३ मा पनि ३ निर्माण ज्वाइन्ट भेञ्चरलाई ४३ लाख ९ हजार ५२३ रुपैयाँ ३८ पैसा जरिवाना गराइएको थियो । यो आर्थिक वर्षमा एडभेन्चररशनिदेव जेभीलाई ९ लाख ४१ हजार ४९२ रुपैयाँ ७१ पैसा, सापरजागृतीरतुल्छीरदुर्गा जेभीलाई १२ लाख ५४ हजार २५९ रुपैयाँ ७९ पैसा र थोडुङ्ग जसलिङ जेभीलाई २१ लख १३ हजार ७७० रुपैयाँ ८८ पैसा जरिवाना गरेको थियो ।
त्यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा राजेन्द्र निर्माण सेवालाई ११ लाख ४२ हजार ९२० रुपैयाँ तथा रायमाझीरजगदम्वारनरसिह जेभीलाई २७ लाख ३३ हजार ९५९ रुपैयाँ ६३ पैसा गरी ३८ लाख ७६ हजार ८७९ रुपैयाँ ६३ पैसा जरिवाना गराइएको लेखापाल चेतराज भट्टले जानकारी दिए । सुस्ताएको उक्त आयोजनाको कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ३० पटक भन्दा बढी पटक लिखित जानकारी समेत गरेको आयोजना प्रमुख शाहको भनाइ छ । आर्थिक वर्ष २०६५/०६६ देखि निर्माण कार्य थालिएको दार्चुला तिंकर सडकको काम वर्षायाम सुरु भएसंगै बन्द भएको थियो । कहिले मौसमका कारण त कहिले जिलेटिन लगायत निर्माण सामग्रीहरु अभावका कारण निर्माण कार्य बन्द हुने दार्चुला तिंकर सडक खण्डको काम अझै सुरु हुन सकेको छैन । यसरी कछुवा गतिमा निर्माण भइरहेको उक्त सडकको खलंगा देखि उत्तर पश्चिम तिंकरसम्मको १४० किलोमिटर सडक खण्डमध्ये अहिलेसम्म १८ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ । यही गतिमा सडक निर्माण हुने हो भने हुने हो भने दुहूँ क्षेत्रका बासिन्दाहरुले गाडी चढ्न अझै वर्षौ कुर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार ०९:२७