सूचनाको शक्ति - The Power Of Information

        

चितुवाको छालासहित २ जना पक्राउ

बाँके, २४ भदौ । क्षेत्रीय अनुसन्धान समूह नेपालगञ्जले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरियास्थित विजया गेष्टहाउस बाट बर्दिया बासगढी १ का ५२ वर्षका जितबहादुर देवकोटा र बारबर्दिया ९ का ६२ वर्षका नरबहादुर शाहीलाई शनिबार पक्राउ गरिएको हो । क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले बरामद गरेको चितुवाको छाला ८ फिट ६ इन्च लामो र १ फिट ४ इन्च लामो रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७४, शनिबार ०९:५७