सूचनाको शक्ति - The Power Of Information

        

शुभकामना आदानप्रदान सम्पन्न

बाँके । भेरी अञ्चल ट्रक, मिनी ट्रक, ट्याङकर यातायात व्यवसायी समिति नेपालगन्जले दशै, दिपावली, मोहरर्म तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । ट्रक, मिनी ट्रक, टयाङ्कर व्यवसायी, अगुवा यातायात व्यवसायी, पेट्रोलियम व्यवसायी लगायत विशिष्ठ व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा एकापसमा शुभकामना आदानप्रदान गर्दै रात्रीभोजमा सहभागी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले चाडपर्वमा गरिने भेटघाटले व्यक्तिगत सम्वन्ध सुधारसँगै पेशा, व्यवसायगत समन्वय र सहकार्यमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे । भेरी अञ्चल ट्रक, मिनी ट्रक, ट्याङकर यातायात व्यवसायी समितिका अध्यक्ष किसन गुरुङले सहभागी सवैलाई शुभकामना दिदै यस्ता शुभकामना मिलनले आपसी मित्रतासँगै व्यवसायीक एकतामा मद्दत पुग्ने दावी गरे । यातायात व्यवसायीले आमनागरिक र राज्यलाई सेवा दिएपनि सो अनुरुपको सुरक्षा र सहयोग भने नपाएको गुनासो गरे ।

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलवार ०५:३०