सूचनाको शक्ति - The Power Of Information

        

यौनकर्मी बनिन् नायिका बर्षा राउत

काठमाडौँ । भोलिदेखि प्रदर्शनमा आउँन लागेको फिल्म ‘मेरो पैसा खोई’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘छक्का पञ्जा–२’ सँगै प्रदर्शनमा आउन लागेको फिल्मले प्रदर्शन हुन एक दिनमात्रै बाँकी हुँदा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । कमेडी जनरामा बन्न लागेको फिल्मलाई रोज राणाले निर्माण तथा निर्देशन गर्दैछन् । ट्रेलरमा नायिका वर्षा राउतलाई एक यौनकर्मीको भूमिकामा देखाइएको छ भने नायक सौगात उनको प्रेममा परेको देखाइएको छ । फिल्ममा वर्षा र सौगातसँगै बुद्धि तामाङ, रविन तामाङ, छुल्ठिम गुरुङ, सागर तिवारी, प्रमोद अग्रहरी, दयाराम पाण्डे लगायतको भुमिका रहेको छ । ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले उपत्यकामा भोलिदेखि र काठमाडौँ बाहिर असोज २० गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : १० आश्विन २०७४, मंगलवार ०२:२४