सूचनाको शक्ति - The Power Of Information

        

‘मलाई फिल्म फापेन’

 

एजेन्सी । लोकगीतका म्युजिक भिडियोकी चर्चित नायिका पार्वती राई यतिबेला ठूलो पर्दाकी नायिका बनिसकेकी छिन् । केही समयअघि प्रदर्शन भएको फिल्म ‘हमजाएगा’ मा उनी तक्मेबुढाको जोडी बनेर प्रस्तुत भएकी थिइन् । तर, आफ्नो ठूलो पर्दाको यात्रामा त्यति सहज नभएको निष्र्कषमा पुगिसकेकी छिन् उनी । ‘मलाइ त फिल्म फाप्ला जस्तो लागेन, आफ्नै अभिनय कमजोर देखें ,’ उनले भनिन् । यसअघि ‘जीवनसाथी’ मा अभिनय गरेकी पार्वतीले उक्त फिल्मवाट ठिकै प्रतिक्रिया पाएकी थिइन् तर, यसपाली ‘राम्रो गरिछस’ भन्ने साथीहरु कोही पनि भेटेकी छैनन् । फिल्म ठिकै भए पनि आफ्नो अभिनय कमजोर देखेकी पार्वती भन्छिन ‘फिल्ममा काम गर्नका लागि मेरो तयारी पुगेन कि जस्तो लाग्यो ।’
सामान्य तयारीले भिडियोमा राम्रै काम गर्न सकिने भए पनि फिल्मका लागि सुटिङ अघि प्रशिक्षण अनिवार्य भएको बताउँछिन् । ‘सुटिङअघि केही दिन प्रशिक्षण गरेको भए राम्रो हुन्थ्यो कि ।’ उनले भनिन् । ३५० भन्दा बढि भिडियोमा अभिनय गरेकी पार्वतीले भिडियोमा जस्तो मज्जा फिल्मवाट लिन नपाएको बताउँछिन् । भिडियोमा बिहान काम गरेपछि बेलुका पैसा पाइन्छ भने एकसाता पछि रिलिजै हुन्छ । ‘काम पनि छिटो, प्रतिक्रिया पनि छिटो’ पार्वतीले भनिन ‘फिल्म भन्दा भिडियोमा काम गर्दा धेरै मज्जा छ ।’ टकलजंग भर्सेज टुल्के, कबड्डी, जेरी लगायतका फिल्म पार्वतीलाई राम्रो लागे । अबका निर्देशक परम्परागत विषयवाट माथी उठ्नुपर्ने मान्यता राख्ने पार्वती भन्छिन्, ‘अब पनि पुरानै विषयमा फिल्म बनाएर चल्ला जस्तो लाग्दैन ।

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतवार १०:५२