एजेन्सी । नायिका बर्षा राउत छोटो समयमा नै चलचित्र क्षेत्रमा लोकप्रिय बनिन् । चलचित्र ‘नाइ नभन्नु ल ४, छक्का पन्जा र जात्रा’ सफल भएपछि उनको चर्चा चुलियो । उनै, बर्षा अहिले चर्चित ब्यानरको रोजाइमा छिन् । नेपाली चलचित्र क्षेत्रमा स्टार बन्ने दौडमा लागेकी यी सुन्दरीलाइ शरीरको तौलले भने धोका दिइरहेको छ । बर्षालाइ धेरैले ‘मोटी’ भन्छन् । उनलाइ यसो भन्दा खासै दुख लाग्दैन । तर, उनी दुब्लाउनका लागि दौडधुप गरिरहेकी छिन् । बिहानै उठेर उनी जिम जान्छिन् । अष्ट्रेलिया पुग्दा ५ केजी मोटाएकी बर्षा अहिले विस्तारै दुब्लाउन थालेको बताउँछिन् । तर, खानेकुरामा कन्ट्रोल गर्न नसक्दा उनी सोचे जस्तो दुब्लाउन भने सकेकी छैनन् । बर्षा अभिनित चलचित्र ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । उनी, अहिले यो चलचित्रको प्रचारमा मोफसल दौडमा छिन् ।


।