सूचनाको शक्ति - The Power Of Information

        

बंगुर मासुको अनुसन्धान गरिदै


बाँके, ३० भदौ । बाँकेमा विगत डेढ वर्षदेखि बंगुरमा हुने जीवाणुको अनुसन्धान भइरहेको छ । खोरमा राखेर पाल्ने बंगुर र बाहिर चराउने बंगुर दुबैमा गरेको अनुसन्धान पछि करीब ३३ प्रतिशतमा जीवाणु फेला परेको प्रोफेसर डा.दिनेशकुमार सिंहले बताए । उनले बंगुरमा हुने जीवाणु राम्रोसंग नपाकेको मासु खाएपछि मानिसमा सर्ने र मान्छेको गिदीमा गएर मिर्गी तथा अन्य रोग लागेर मानिसको मृत्युसमेत हुने बताए । अष्ट्रेलियाबाट बैज्ञानिकले जीवाणु मार्ने भ्याक्सिन तयार गरेको र उक्त भ्याक्सिनको असर पत्ता लगाउन डेढ वर्षदेखि अनुसन्धान भएको उनले बताए ।
बंगुरलाई भ्याक्सिन दिएर जीवाणु मरेका अन्य देशको अनुभव भएकाले नेपालमा पनि भ्याक्सिन दिएर अनुसन्धान गरिएको हो । नेपालको एउटा टीमलाई समेत सहभागिता गराएर अष्ट्रेलियन वैज्ञानिकसहितको संयुक्त टोलीले नेपालगन्जको धम्बोझीमा रहेको डिके कोल्ड मासु सप्लायर्समा बंगुर काटेर अनुसन्धान गरेको हो । शुरुमा बंगुमा पाइने जीवाणुको अनुसन्धान गरिएकोमा भ्याक्सिन दिएपछिको नतिजा कस्तो आउँछ भन्ने अनुसन्धान भइरहेको टोलीले बताएको छ । उक्त भ्याक्सिन सफल भएमा मासिनले ढुक्क भएर बंगुरको मासु खान सक्ने टोलीले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ०९:३२