सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा सदस्य उम्मेदवारको चुनावी खर्च सीमा १४ लाख प्रस्ताव

काठमाडौं, २९ भदौं । निर्वाचन आयोगले चुनावी खर्चको सिमा तोक्ने तयारी गरेको छ । पछिल्ला निर्वाचन अत्यन्त भििड्कला र खर्चिला हुदै गएकोमा सर्वत्र आलोचना भइरहेका बेला आयोगले खर्चको सीमा तोक्ने तयारी गरेको हो । आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजना र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको बताएका छन् । उनले राजनीतिक दलहरुकै सुझावका आधारमा बस्तुनिष्ट निर्वाचन खर्च निर्धारण सकिने विश्वास पनि व्यक्त गरे ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्रको भूक्षेत्र बढकोले पनि निर्वाचन खर्च केही बढ्न गएको बताएको छ । निर्वाचन आयोगले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख खर्च गर्न पाउने व्यवस्था गरेको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार राजनीतिक दलहरुकै सुझावको आधारमा खर्च निर्धारणको कामलाई टुंगोमा पु¥याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले प्रदेश सभा र प्रतिनिधि निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहीबार ११:०८