सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम रुकुममा नयाँ यातायात समिति

रुकुम, २४ भदौ । पश्चिम रुकुममा नयाँ यातायात समितिले आजदेखि गाडी सञ्चालनमा ल्याएको छ । सदरमुकाम मुसिकोटमा प्रधान कार्यालय रहने गरी मध्यपहाडी लोकमार्ग यातायात प्रालि आजदेखि सञ्चालनमा आएको हो । रुकुममा हाल ४ वटा यातायात समिति संचालनमा छन् । अव पश्चिम रुकुममा मात्र यातायात समितिको संख्या ५ पुगेको छ । प्रालिले गाडीको टिकटका लागि कार्यालयसम्म धाउनु पर्ने समस्याबाट समेत यात्रुहरुलाई मुक्ति दिएको छ ।

मोबाइलबाटै गाडी टिकट बुकिङ गर्ने व्यवस्था मिलाएर समितिले झन्झट हटाएको हो । ‘हामीले मोबाइल एपबाटै टिकेट बुकिङ्ग गर्न सक्ने व्यवस्था मिलाएका छौं’, अध्यक्ष गिरीले भने ।
रुकुमको पश्चिम क्षेत्रमा सिस्ने हिमाल बस तथा मिनिबस यातायात व्यवसायी समिति, रुकुम यातायात प्रालि, प्रफी यातायात र सानोभेरी यातायात सेवा समितिले यसअघि नै गाडी सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७४, शनिबार ०६:२१