सूचनाको शक्ति - The Power Of Information

        

बर्माका रोहिंग्या समुदायको सुरक्षा माग्दै नेपालगन्जमा प्रदर्शन

बाँके, २५ भदौ । बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायको सुरक्षाको माग गर्दै आइतबार नेपालगन्जका नागरिक अगुवाले विरोध प्रदर्शन गरेका छन् । रोहिंंग्या समुदायमाथि अमानवीय कार्य गरिएको भन्दै बाँकेका मुस्लिम समुदायले बिरोध ¥यालीको आयोजना गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत मुस्लिम समुदायले बर्मामा भैरहेको नरसंहार रोक्न कुटनितिक तवरले दवाव सृजना गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सो ज्ञापनपत्र पठाएका हुन् ।
मुस्लिम समुदायको तर्फबाट आयोजना गरिएको बिरोर्ध याली स्थानीय विपी चोकबाट सुरु भएर त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर सम्पन्न गरिएको थियो । ‘सामूहिक नरसंहार र हत्या हिंसा बन्द गर, मानवअधिकारको रक्षा गर, बाच्ने र बस्न पाउने अधिकार बहाल गर, नोबेल पुरस्कारको इज्जत राख’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त बिरोर्ध यालीमा बाँकेका बिभिन्न राजनीतिक दलका अगुवा मुस्लिम नेताहरु, महिला मुस्लिम अगुवाहरु, समाजसेवीहरु, युवा, पत्रकार, ब्यबसायी र धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हत्या हिंसाको बाटोले कुनै पनि समस्याको समाधान नहुने जनाउँदै मुस्लिम समुदायको मागलाई तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरे । बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भैरहेको सामूहिक नरसंहार तत्काल रोकिनु पर्ने माग गर्दै मुस्लिम अगुवा तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सबै ठाउँमा मानवअधिकार र आतंक हेर्ने बिश्वका अगुवा राष्ट्रहरु अहिले चुप लागेर बस्नुलाई बुझ्न नसकेको बताए । नेपालगन्जमा रहेको संयुक्त राष्ट संघको कार्यालयमा समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेपनि आइतवार सो कार्यालयमा विदा हुने गरेकोले सोमवार त्यहाँ गएर ज्ञापन बुझाइने मदरसा फैजुन्नबी ईदगाह संचालक समितिका अध्यक्ष रहीस अहमद सिद्दिकीले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतवार ११:०६