सूचनाको शक्ति - The Power Of Information

        

शंखेकिराले कृषक हैरान

सुर्खेत, २५ भदौ । शंखेकिराले बालीमा क्षति पु¥याउन थालेपछि भेरीगंगाका कृषकहरू चिन्तित बनेका छन् । भेरीगंगा नगरपालिकाका विभिन्न वडाहरूमा लगाइको बालीमा शंखेकिराले क्षति पु¥याएको हो । शंखेकिराले बालीमा क्षति पु¥याएपछि कृषकहरूले हैरानी खेप्नुपरेको छ । वर्षात्को समयमा शंखेकिराले बालीमा क्षति पु¥याउने गरेको छ ।
शंखेकिराले बालीमा क्षति पु¥याउन थालेपछि यसको नियन्त्रणका लागि पहल गरिएको छ । भेरीगंगा नगरपालिका सुर्खेतको सहयोग र साना किसान कृषि सहकारी संस्था छिन्चुको साझेदारीमा शंखेकिरा नियन्त्रण अभियान सञ्चालन गरिएको हो । भदौ २० गते थालिएको अभियान शनिवारसम्म सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत संस्थाले कृषकहरूलाई शंखेकिरा संकलन गर्न लगाई खरिद गरेर नष्ट गरेको हो । उक्त अभियानमा ५२६ किसानले शंखेकिरा नियन्त्रण गरेका छन् ।
कृषकको बालीमा लागेका किरा संस्थाले खरिद गरेको थियो । कृषकहरूले बारीमा भेटिएका शंखेकिरा संस्थाले सञ्चालन गरेको किरा संकलन केन्द्रमा ल्याएर बिक्री गरेका थिए । किसानलाई किरा संकलन गर्न सजिलो र सबै किरा उठाउन सकुन भनेर ५ रूपैयाँ केजीमा संस्थाले खरिद गरेको थियो । संस्थाले किरा खरिद गरेर निश्चित ठाउँमा खाल्डो खनी नष्ट गरेको हो ।
किरा मार्न कुनै पनि विषादी नभएका कारण किरा नियन्त्रण गर्न गाह्रो भएको किसानहरूले गुनासो गरेका छन् । शनिवारसम्म २९ क्वीन्टल ७ केजीभन्दा बढी किरालाई खाडलमा पुरिएको साना किसान कृषि सहकारीका अध्यक्ष ज्ञानु भुषालले जानकारी दिए । अभियान भेरीगंगा नगरपालिकाको शंखेकिरा प्रभावित वडाहरू ८, ९, १०, ११ र १२ मा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतवार ११:०४