सूचनाको शक्ति - The Power Of Information

        

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पन्चुराम कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतले कुम्हारलाई २०७५ अषाढ २६ गते १ वर्ष १ महिना ४ दिनको फैसला सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले हालसम्म फरार रहेका कुम्हारलाई पक्राउ गरी बिहीवार जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १८:३५