सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

हिजो भयो उसको बलात्कार

अझै कति हुने बलात्कार
अझै कत्ति बन्ने समाचार
कहिलेसम्म बन्ने लाचार
किन सहने सधै अत्याचार !

किन सक्दैनौ उठाउन हात
किन सक्दैनौ जुटाउन साथ
किन बन्दैछौँ अपराधका साक्षी
किन हुदैछौ आँसुमा सहभागी ?

हिजो भयो उसको बलात्कार
आज दबियो उसको चित्कार
भोलि उनले हुनुपर्नेछ सिकार
पर्सी फेरि यो मुद्दा बेकार !

कहाँ छ सुरक्षा ? कहाँ छ त न्याय
कहाँ हिँड्यो राज्य च्यापी अन्याय
कहाँ लाउँ गुहार इज्जत र ज्यानको
गरिदेला रक्षा भन्दै इमानको ।

मृत्यु सँगैसँगै सत्य बन्छ खरानी
आवाज दविन्छन् बन्छन् कहानी
गिद्ध नै गिद्धले घेरिए बस्ती यहाँ
कति बेला ठुँग्छन् के भर भो जिन्दगानी !

मिलेन न्याय रोएर अब यहाँ
पाइएन बाँच्न बनेर मानिस यहाँ
तोडिदिउँ न बाँध सहनसिलता पनि यहाँ
जगाउन भाव मानवताको पनि यहाँ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार ०७:४६