सूचनाको शक्ति - The Power Of Information

        

पिसाबको समस्या कतै प्रोस्टेट क्यान्सरको लक्षण त होइन ?

प्रोस्टेट क्यान्सर भन्नाले पुरुष ग्रन्थीमा हुने क्यान्सर भन्ने बुझिन्छ । वोर्ल्ड क्यान्सर रिसर्च फन्डको तथ्यांक अनुसार संसारभर अधिक मात्रामा देखिने क्यान्सरको दर्जामा यो चौथो स्थानमा रहेको छ ।

सन् २०१८ को वर्षमा मात्रै करिब १० लाख ३० हजारभन्दा बढी पुरुषहरु यस समस्याको शिकार भएको पाइएको छ । यस्तै विभिन्न अध्ययनले जनाए अनुसार प्रत्येक वर्ष लाखौँ संख्यामा पुरुषहरु यस समस्या लिएर उपाचारका लागि धाउने गरेका छन् ।

प्रोस्टेट क्यान्सर भनेको के हो ?

प्रोस्टेट पेटको तल्लो भागमा पाइने एक किसिमको सानो ग्रन्थी हो । यो मुत्राशयको तल र मुत्रनलीको नजिकै रहेको हुन्छ । टेस्टास्टेरोन हार्माेनको नियन्त्रणमा रहने को मुख्य काम भनेको वीर्य उत्पादन गर्नु हो । प्रोस्टेट क्यान्सर पुरुषहरुमा देखिने एक साझा समस्या हो ।

६५ वर्ष पार गरेका अधिकांश पुरुषमा प्रोस्टेट क्यान्सर देखिन्छ । क्रमिक रुपमा यो व्यक्तिमा बढ्दै-बढ्दै जान्छ । शुरुवाती चरणमा प्रोस्टेट ग्रन्थीसम्म मात्रै सिमित रहने यो समस्याका व्यक्तिलाई अनिवार्य रुपमा उपचारको आवश्यकता पर्दछ । अन्यथा व्यक्तिमा अन्य प्रकारका समस्या समेत देखा परी तीव्र रुपमा फैलिने सम्भावना रहन्छ ।

यसका लक्षणहरु

  • लगातार पिसाब गर्न मन लाग्नु । यस्तो समस्या रातको समयमा पनि देखिन सक्छ ।
  • पिसाब फेर्न वा रोकिराख्न समस्या हुनु ।
  • पिसाबमा रगत देखिनु ।
  • पिसाब फेर्नसँगै स्खलननमा समेत पीडा हुनु ।
  • उत्तेजित तथा यौन सन्तुष्टिमा कठिनाइ हुनु ।
  • हाड सम्बन्धी समस्या देखा पर्नु ।
  • पुठ्ठामा असहज महसुश हुनु ।

कारणहरु

हालसम्म प्रोस्टेट क्यान्सर के कारण हुन्छ भन्ने कुराको उचित यकिन गर्न सकिएको छैन । चिकित्सकले जनाए अनुसार प्रोस्टेटका कोषिकाहरु आएको असन्तुलनसँगै व्यक्तिमा यसको सम्भावना उच्च रहन्छ ।

असामान्य कोषिकाको डिएनएमा म्युटेसनका कारण कोषहरु बढ्ने र सामान्य कोषिकाभन्दा बढि छिटो विभाजन हुने गर्दछ । असामान्य कोषिकाहरु जिवित रहदै अन्य कोषहरुको भने मृत्यु हुन्छ । यसपश्चात् जम्मा भएका असामान्य कोषहरुले ट्युमर बनाउँछ जसले नजिकको टिस्युहरुमा आक्रमण गर्दछ ।

कतिपय असामान्य रहेको कोषहरु पनि टुक्रिएर शरीरको अन्य भागहरुमा फैलिने सम्भावना उच्च रहन्छ । यसबाहेक निम्न व्यक्तिहरुलाई प्रोस्टेट क्यान्सरको समस्या अधिक मात्रामा देखिएको पाइएको छ :-

  • बढ्दो उमेर
  • वशांणुगत समस्या
  • मोटोपन
  • काला रंगका व्यक्तिहरु

बच्ने तथा समाधानका उपायहरु

  • स्वस्थवद्र्धक खाद्य पदार्थको पुरक वा सप्लीमेन्ट्स प्रयोग ।
  • फलफूल एवम् तरकारीको अधिक सेवन ।
  • दूध एवम् दूधजन्य परिकारको अधिक सेवन नगर्ने ।
  • रातो मासुको प्रयोगबाट टाढा रहने ।
  • उचित तौल कायम राख्ने
  • आफूमा कुनै पनि किसिमको लक्षण देखा परी प्रोस्टेट क्यान्सरको शंका लागेमा तुरुन्त चिकित्सकको परामर्श लिने ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १३:४९