सूचनाको शक्ति - The Power Of Information

        

वैशाख २२ दुई पार्टीको एकता हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख २२ गते पार्टी एकताको घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल प्रगतिशील ट्रेड युनियन महासंघले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले वैशाख २२ मा माक्र्सको २०० औं वाषिर्की मनाउँदा एकताको घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।
प्रचण्डले एक–दुई दिनभित्रै एकताको प्रकृयाले टुंगो पाउने बताउंदै संसारको अग्लो चुचुरोबाट विश्व कम्युनिष्ट आन्दोलनको एकताको सन्देश दिने दाबी गरे । उनले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नै गर्न नसकिने उल्लेख गर्दे एकताका विषय निकै अघि बढिसकेको धारणा राखे । अध्यक्ष प्रचण्डले संविधानमा नै समाजवाद उन्मुख भनेर लेखेको जनाउँदै कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती रहेको बताए ।
त्यस्तै एमाले वरिष्ठ नेता झलनाथ खनालले दुई वाम शक्ति एक हुने प्रक्रियामा रहेको भन्दै छिट्टै निष्कर्षमा पुग्ने बताए । उनले संबिधान जारी भइसकेपछि मुलुक आर्थिक बिकासको क्रममा रहेको भन्दै यसमा सबै हातेमालो गर्दै अघि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार ०५:०५