सूचनाको शक्ति - The Power Of Information

        

कस्ता व्यक्तिले चनाको दाल खानुहुँदैन ?

चनाको दाल खाँदा एकदमै स्वादिष्ट हुन्छ । यस दालमा कैयौं प्रकारका पोषक तत्वहरु पनि पाइन्छन्, जो शरीरका लागि फाइदाजनक हुन्छन् । तर केही परिस्थितिमा चनाको दाल सेवन गर्दा समस्या पनि हुन सक्छ । कस्ता व्यक्तिले चनाको दाल खानुहुँदैन ?

जो व्यक्तिलाई अर्थराइटिस यानिकी वाथको समस्या छ त्यस्ता व्यक्तिले प्यूरीन कम्पाउन्ड भएको चीजहरुको सेवन गर्नुहुँदैन । चनाको दालमा प्यूरिनको मात्रा पाइन्छ । त्यसैले वाथ रोग भएका व्यक्तिले चनाको दालको सेवन गर्नुहुँदैन ।

त्यस्तै यदी तपाईंलाई मृगौलामा पत्थरी छ भने पनि चनाको दालको सेवन गर्नुहुँदैन । यस दालमा अक्सलेट्सको मात्रा पाइन्छ, जसले गर्दा पत्थरी झनै बढ्ने सम्भावना हुन्छ । त्यसैले मृगौलामा पत्थरी भएका व्यक्तिले चनाको दाल खानुहुँदैन ।

केही व्यक्तिलाई ल्याक्टोज इन्टोलोरेन्सको क्षमता कम हुन्छ । यस्तोमा चनाको दालको सेवनले नोक्सान पुर्याउन सक्छ किनकी यसमा ल्याक्टोज पाइन्छ । त्यसैले चना दालको सेवन गर्नबाट बच्नुहोस् ।

यदी तपाईंको पेटमा ग्यास तथा पेटसम्बन्धी कुनै समस्या छ भने पनि चनाको दाल खानुहुँदैन । किनकी चनाको दालले ग्यास बढाउने गर्छ । त्यसपछि पचाउन पनि समस्या उत्पन्न हुन सक्छ ।

हरेक व्यक्तिको शारीरिक प्रतिक्रिया फरक हुन्छ त्यसैले यदी कसैलाई चनाको दालको एलर्जी छ भने पनि यसलाई खान तुरुन्त बन्द गर्नुपर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १०:०६