सूचनाको शक्ति - The Power Of Information

        

सर्पको टोकाइबाट बाँकेमा एक महिलाको मृत्यु

 बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ रामनगरमा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । बेलास गोडियाकी श्रीमती ५० वर्षीया कृष्णवति गोडियाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

कृष्णवति गोडिया आफ्नै भान्सा घरमा खाना पकाई रहेको अवस्थामा सर्पले टोकेपछि बेहोस भई उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बेतहनीका प्रहरी सहायक निरीक्षक श्याम कुमार कुमालले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १७:५६