सूचनाको शक्ति - The Power Of Information

        

घट्यो हवाई इन्धनको मूल्य,कुन गन्तव्यमा कति ? (सूचीसहित)

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ ।

घटेको मूल्य अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौं–धनगढीको फ्यूल–चार्ज ६ हजार ६२५ रुपैयाँ रहेकोमा अहिले घटेर ६ हजार १० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलवार १५:३९