सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

बाँकेमा राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती नदीको सिधानियाघाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १७:२३