सूचनाको शक्ति - The Power Of Information

        

बिजनेस नपाउँदा विमान आएन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार एक वर्ष पूरा भएको छ । पर्यटकलाई लक्षित गरी खोलिएको १ वर्ष पुग्दा पनि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी व्यवसायीहरू निराश भएका छन् ।

विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् । नियमित मात्र हैन आकस्मिक रूपमा अवतरणका लागि पूर्वाधार पूर्णरूपमा तयार हँुदा पनि विमानस्थलले अहिलेसम्म एउटा पनि डाइभर्ट विमान अवतरण गराउन सकेको छैन ।

हप्ताको ३ दिन उडान भर्दै आएको जजिराले समेत विगत १ महिनादेखि उडान पुनः बन्द गरेकाले उद्योगी व्यवसायी थप तनावमा परेका छन् । गत फागुन १४ गते काठमाडौंको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान र दुबईबाट

काठमाडौं उडेको फ्लाइ दुबईको विमान भारतको लखनउ डाइभर्ट भएको थियो ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:४०