सूचनाको शक्ति - The Power Of Information

        

तीन ट्रक जुत्ता प्रहरीको नियन्त्रणमा

मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाली ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०,ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक सशस्त्र प्रहरी बल नेपाल गण नं १४ मकवानपुरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १२:५६