सूचनाको शक्ति - The Power Of Information

        

गर्मीमा देखिने पाँच रोगबाट बच्ने उपाय

हामीमध्ये धेरैले याद गरेको हुनुपर्छ, जाडोयाममा भन्दा गर्मीयाममा बाहिरी वातावरणका कारण धेरै नै बिरामी हुने गर्दछौं । गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा हामी प्रायः जसो गर्मीयाममा बढी बिरामी पर्ने गर्दछौं ।

एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले हामीले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु अपनाउनुपर्दछ । चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु एक्टीभ रहने हुँदा गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्दछन् ।

खानपानमा उचित ध्यान दिँदादिँदै पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पार्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मीमा विशेषगरी निम्न रोगहरु देखा पर्दछन्,

  • भाइरल ज्वरो
  • डेंगु ज्वरो
  • रुघाखोकी
  • निमोनिया
  • झाडाबान्ता

रोकथाम तथा बच्ने उपाय

प्रदूषित हावा तथा वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट हामीले बेलैमा सावधानी अपनाएको खण्डमा बच्न पनि सक्छौं । त्यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छ,

  • शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने
  • खानपिनमा विशेष ध्यान दिने
  • ताजा र सफा खानपिनमा जोड दिने
  • सागसब्जीको बढी प्रयोग गर्ने
  • सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने
  • राति सुत्दा झुलको प्रयोग गर्ने
  • सकेसम्म खाटमा सुत्ने
  • घाममा हिँड्दा छाता वा अन्य केहीको प्रयोगले टाउको ढाक्ने
  • सरसफाइमा विशेष ध्यान दिने
  • लामखुट्टेको टोकाइबाट जोगिने
  • खाली खुट्टा नहिड्ने ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १५:४३