सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आंशिक बदलीदेखि पहाडी भू–भागमा वर्षासम्म

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको हुनेछ ।

त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ०६:३५