सूचनाको शक्ति - The Power Of Information

        

किन उठाउन बन्द भयाे शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर ?

काठमाडौं महानगरपालिकाले शितल निवास, सिंहदरबार र मन्त्री निवासको फोहोर आइतबारदेखि उठाउन बन्द गरेको छ ।

महानगरको काममा सरकारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने घोषणा गरेपछि आइतबारदेखि फोहोर उठाउन बन्द गरिएकाे हाे ।

सामाजिक सञ्जालमार्फत गरिएको घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।

केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले सहयोग नगरेपछि मेयरले फोहोर ढुवानीमा रोक लगाएकाे बुझिएकाे छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतवार १८:१३