सूचनाको शक्ति - The Power Of Information

        

चोरिएको तलेजु भवानीको हार अमेरिकाको सिकागोमा

काठमाडौंको प्रख्यात तलेजु भवानीको हार (नेकलेस) अमेरिकाको सिकागोमा प्रदर्शनीमा राखिएको छ । नेपालबाट हराएको उक्त हार आर्ट इन्स्टिच्युट अफ सिकागोमा खुलमखुल्ला राखिएको छ ।

डा.श्वेता ज्ञानु बानियाले ट्वीटरमा भिडियो र तस्बिरसहित नेपालमा चोरिएको हार अमेरिकामा प्रदर्शनीमा राखिएको विवरण राखेकी छन् । अमेरिकामा असिस्टेन्ट प्रोफेसर रहेकी उनले आफ्नो व्यक्तिगत ट्वीटरमा नेकलेसबारे जानकारी गराएकी हुन् ।

यसअघि पनि उक्त हारबारे नेपाली सञ्चारमाध्यममा उल्लेख गरिएको थियो । हिन्दू धर्मावलम्बीमा पनि विशेषगरी काठमाडौंको रैथाने नेवार समुदायमा तलेजु भवानी र उनीसँग सम्बन्धित गरगहनाको ठूलो धार्मिक महत्व छ । तलेजु भवानीको मन्दिर बडा दशैंको नवमीको दिनमा मात्र सर्वसाधारणको निम्ति खुल्ने गर्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ०९:४७