सूचनाको शक्ति - The Power Of Information

        

निकिता पौडेलले घोषणा गरिन् ‘नारी टिभी’

१४ वर्षदेखि फिल्मसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको ‘टिभी फिल्मी’ को नाम परिवर्तन भएको छ। नारी दिवसको अवसरमा फिल्मको नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखिएको सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले जानकारी दिइन्।

‘कुनै समय थियो जति बेला टीभी फिल्मी’ नेपाली सिनेमा, कलाकार, प्राविधिक, बितरकहरुको एक मात्र साझा मञ्च थियो। आज परिस्थिति बदलिएको छ।

अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक संजालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ,‘उनले लेखेकी छिन्,‘अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं। ‘टिभी फिल्मी’ अब छिट्टै “नारी टिभी” बनेर आउनेछ।‘

नारी टेलिभिजनमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरुमा नै केन्द्रित हुनेछन। उनका अनुसार कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिनेछ।

महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उधमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरूलाई सबल सक्षम बनाउने र उनीहरुका प्रेरणादायी कथाहरु देखाउने कार्यक्रम यस च्यानलमा प्रशारण गरिने बताइएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १८:००