सूचनाको शक्ति - The Power Of Information

        

नारी दिवसको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने

बुधबार सेयर बजार बन्द हुने भएको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले आज (फागुन २४ गते) देशभर सार्वजनिक बिदा दिएसँगै नेप्सेमा कारोबार पनि बन्द हुने भएको हो ।

मंगलबार १४.४१ अंकले बढ्दै १९५२.६६ बिन्दुमा पुगेको बजार अब बिहीबार बिहान ११ बजेमात्रै खुल्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ०८:५३