सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका तीन जिल्लामा तीन शव भेटिए

कर्णालीका विभिन्न जिल्लामा गरि तीन जनाको शव फेला परेको छ । तीन वटा जिल्ला सुर्खेत, हुम्ला र रुकुम पश्चिममा गरि विभिन्न मितीमा तीन जनाको शव फेला परेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतको लेकबेशी नगरपालिका–६ स्थित भेरी नदीको किनारमा एक महिलाको शव फेला छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरी चौकी रामघाट सुर्खेतमा जानकारी गराएका थिए ।

उक्त चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव नदीबाट निकालेको थियो । उक्त शव भेरीगंगा नगरपालिका–४ बाहुने चौर बस्ने ७२ वर्षीय जैसरा भाट खत्री रहेको मृतकका छोरा जीतबहादुर खत्रीले घटनास्थलमा गई सनाखत गरेको प्रहरीले जनाएको छ ।

यस्तै, हुम्लाको सर्केगार्ड गाउँपालिका–२ उनापानीस्थित कर्णाली नदीको किनारमा पुरुषको शव फेला परेको छ । कर्णाली नदीको किनारामा शव देखेपछि खार्पुनाथ गाउँपालिका–४ नल्ला २८ वर्षीय सुरेन्द्र शाहीले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार उनको पहिचान खुल्न सेकेको छैन । यस्तै, अर्को शव रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ गोरे भिरमा फेला परेको छ । पहिचान नखुलेको अन्दाजी ४०र४२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १८:५८