सूचनाको शक्ति - The Power Of Information

        

छतबाट खसेका माधव नेपालका भाईले आत्महत्या गरेको प्रहरीको निष्कर्ष

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ । शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको ६ तलामाथिबाट खसेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको हो ।

रेष्टुराँबाट खस्दा सुरुमा बिजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।

यता प्रहरीले उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटनाभन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उपाध्याय लगातार तीन दिनदेखि सोही रेष्टुरेन्टमा जाने गरेको रहस्य पनि खुलेको छ । गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए । कफी र चुरोट मगाउँथे ।

अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्षका भाई एवं सोही पार्टीका केन्द्रीय सदस्यको आर्थिक अवस्था त्यति नाजुक नरहे पनि पारिवारिक समस्या हुनसक्ने आँकलन प्रहरीको छ ।

उनी शनिबार साँझ रेष्टुरेन्टको छतबाट खसेपछि घाइते भएका थिए । स्थानीयले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिए पनि उनको निधन भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार टेबलमाथि चढेर उपाध्यायले होटलको छतबाट हाम फालेको देखिन्छ ।

तर, खम्बामा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए । घटनाबारे घटनाबारे छानबिन भइरहेको जानकारी एसएसपी कार्कीले दिए । उपाध्यायलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो । एसएसपी कार्कीले भने, ‘हामी अनुसन्धानमै छौँ ।’

पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । नेता उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष नेपालका कान्छो भाइ हुन् । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतवार ०६:११