सूचनाको शक्ति - The Power Of Information

        

१०० करोडमा बिक्यो राज कपुरको चेम्बुर बंगला

बलिउडका ‘शो म्यान’अभिनेता तथा निर्माता राज कपुरको चेम्बुर बंगला बिक्री भएको छ । उनको बंगला गोदरेज ग्रुपले भारु १०० करोडमा किनेको हो ।

अब यो बंगलाको ठाउँमा प्रिमियम आवासीय परियोजना बनाइनेछ । झन्डै एक एकडमा फैलिएको यो बंगलाअघि सन् २०१९ मा प्रसिद्ध आरके स्टुडियो पनि गोदरेज समूहले किनेको थियो ।

बंगला बिक्रीपछि राज कपुरका छोरा रणधीर कपुरले भने, ‘यो बंगलाबाट हामीसँग धेरै सम्झना छन् । यसले हाम्रो परिवारका लागि धेरै अर्थ राख्छ । हामी गोदरेज परिवारले यो समृद्ध विरासतलाई अगाडि बढाउने आशा गर्दछौं ।’

राज कपुरले धेरै सम्पत्ति जोडेका थिए । त्यसमध्ये चेम्बुरको आरके स्टुडियो र बंगला निकै चर्चित थिए । आरके स्टुडियो चार वर्ष पहिले बेचिएको थियो । अहिले उनको प्रतिष्ठित बंगला पनि गोदरेज परिवारलाई बेचिएको हो ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, गोदरेज प्रोपर्टिजका कार्यकारी अध्यक्ष पिरोजशा गोदरेजले भने, ‘जमिन जम्मा एक एकडमा फैलिएको छ । हामी यो जग्गामा प्रिमियम आवासीय परियोजना विकास गर्नेछौं ।’

यस परियोजनाको अनुमानित मूल्य झन्डै भारु ५०० करोड हुनेछ । राज कपुरको यो बंगला देवनार फार्म रोडमा टाटा इन्स्टिच्युट अफ सोसल साइन्स (टीआइएसएस) को छेउमा छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १०:४२