बझाङ जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाएको मृत्यु भएको छ ।
सवारी दुर्घटनामा १ जना, रूख बाट लडेर १ जना र आत्महत्याबाट एक गरी ३ जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
धनगढी बाट बझाङ आउँदै गरेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको हो।
केदारस्युँं गाउँपालिका २ र ४ को सिमाना ‘बजुवा’ बगरमा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ कि २५ वर्षीया अमृता खत्रीकाे घटना स्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ ।
माेटर साइकल चालक भने फरार रहेकाे र उनकाे खाेजि भै रहेकाे जिल्ला प्रहरी कार्यालय बझाङ प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयाे ।
सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको धनगढीबाट बझाङ सदरमुकाम चैनपुरमा आउँदै गरेकाे मालबाहक ट्रकले ठक्कर दिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ।
यस्तै बझाङको खप्तड छान्ना गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ गोठ्खोलाकी धनलक्ष्मी खत्रीकाे रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विहान घर नजिकैको भिमलकाे रूखमा स्याउला काट्ने क्रममा लडेर गम्भीर घाइते हुनु भएको थियाे । उनकाे जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हाे ।
यता छविसपाथिभेरा गाउपालिका वडा नम्बर १ बगडगाउमा समेत १ जनाकाे मृत्यु भएको प्रहरी जनाएको छ । ३० वर्षीया बलराम गिरीले आफ्नाे घरकाे भान्सा काेठामा आत्महत्या गरेकाे डीएसपी भण्डारी जानकारी दिनुभयाे ।
उनकाे शव पाेष्टमाटमका लागि जिल्ला अस्पतालमा राखिएको छ । यी सबै घटनाको थप अनुसन्धान भै रहेको डिएसपी भण्डारीले जानकारी दिनुभयाे ।
सत्यपाटी संवाददाता । बझाङ