सूचनाको शक्ति - The Power Of Information

        

संघीय सरकारका पाँच मन्त्रालय मन्त्रीविहीन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बनेका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै सभापति रवि लामिछानेले राजीनामा दिएका थिए भने आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

जसअनुसार रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल बाहिरिएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिएकी छन् । उनीहरुले आइतबार साँझ प्रधानमन्त्रीलाई राजीनामा बुझाइसकेका छन् ।

यसअघि प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ । रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १०:२३