सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डले प्रमुख सचेतकहरूसँग राय लिने

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार ०८:३३