सूचनाको शक्ति - The Power Of Information

        

वृद्धालाई कुटपिट गरेकाे आराेपमा अस्ट्रेलियामा नेपाली नर्स पक्राउ

अस्ट्रेलियामा एक वृद्धालाई कुटपिट गरेकाे आराेपमा एक नेपाली नर्स पक्राउ परेकी छन्।

प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेकाे हाे।

वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रूपमा पाण्डे कार्यरत थिइन्।

पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी परेपछि पाण्डे पक्राउ परेकी हुन्। पाण्डेविरुद्ध उनकै सहकर्मीले उजुरी दिएकी हुन्।

पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०८:३४